
माघ २१ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल उल्भ्ससँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा आर्सनल उल्भ्ससँग २–१ ले पराजित भएको हो ।
उल्भ्सको मैदानमा आर्सनल पराजित हुँदै महत्वपूर्ण ३ अंक गुमाएको हो । आर्सनलले सुरुवाती अग्रता जोगाउन नसक्दा पराजित हुन पुग्यो ।
खेलको ३२औँ मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सलनलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा आर्सनल १० खेलाडीमा समेटियो । डिफेन्डर डेभिड लुइजले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा समेटिएको थियो ।
उल्भ्सले सोही समयमा पेनाल्टीमार्फत बराबरी गोल फर्कायो । पेनाल्टीमा रुबेन नेभेसले गोल गरे । ४९औँ मिनेटमा जोआ माउटिन्होले गोल गर्दै उल्भ्सलाई २–१ को जित दिलाए ।
यस्तै, खेलको ७२औँ मिनेटमा बेर्नाड लिनोले रातो कार्ड पाएपछि आर्सनल ९ खेलाडीमा समेटिएको थियो । यो जितसँगै उल्भ्सले २२ खेलबाट २६ अंक जोडेको छ । उल्भ्स १४औँ स्थानमा रहेको छ । आर्सनल ३१ अंक जोडेर दशौँ स्थानमा छ ।