Nepali Unicode | Preeti to Unicode

माघ २० । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्ने १० वटा स्वास्थ्य संस्थाको लाइसेन्स खारेज गरेको छ ।
नवीकरणका लागि कागजात पेस नगरेकोले श्रम मन्त्रालयले १० वटा संस्थाको लाइसेन्स खारेज गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता भरतमणि पाण्डेले जनाए ।
लाइसेन्स खारेज हुनेमा मेट्रो काठमाडौं अस्पताल, सुधा हेल्थ एन्ड मेडिकल सेन्टर, गोदावरी डायग्नोस्टिक सेन्टर, साउदी नेपाल मेडिकल सेन्टर, पर्फेक्ट डायग्नोस्टिक सेन्टर, अनुरोध पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, अल्का अस्पताल, अल्का पोलिक्लिनिक, रिलायबल मेडिकल सेन्टर र कन्काई डायग्नोस्टिक सेन्टर छन् ।
श्रम मन्त्रालयको नियमानुसार पुस मसान्तसम्म र थप गरिएको १५ दिनभित्र नवीकरण गर्न नआएकाले खारेज गरिएको सहसाचिव पाण्डेले जनाएका छन् । अब वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्न पाउने संस्था २१७ वटा बाँकी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय