Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

२० माघ । सरकारले निजी व्यावसायीमार्फत हुने सरकारी माल सामान ढुवानी निरूत्साहित गर्ने भएको छ । ४८ औं राष्ट्रिय विकास समस्या समाधानको बैठकले सरकार र सरकारी स्वमित्वको कम्पनी तथा संस्थाहरुले गर्ने आयात तथा निर्यातको ढुवानी सरकारी कम्पनीमार्फत गर्ने निर्णय गरेको हो ।
उद्योग मन्त्रालय मातहतको नेपाल पारबहन तथा गोदाम व्यवस्था कम्पनीमार्फत नै मालसामान ढुवानी व्यवस्था मिलाउने समितिले जनाएको छ ।
‘माल सामान ढुवानी गर्ने सरकारी स्वमित्वको कम्पनी हुँदा हुँदै निजी ढुवानी व्यवसायीमार्फत मालसामान ढुवानी हुँदा लागत बढेको देखियो, अब देखि आयात निर्यातको ढुवानी पारबहन तथा गोदाम व्यवस्था कम्पनीमार्फत नै गर्नु पर्नेछ,’ समितिको निर्णयमा भनिएको छ ।
सरकारी कम्पनीमार्फत ढुवानी गर्दा लागत कम हुने र माल सामानको छुट्टै बिमा गर्नु पर्दैन । चीन, भारत तथा तेस्रो देशबाट हुने आयात तथा ति मुलुकहरुमा हुने निर्यातका लागि सरकारी कम्पनीसँग पूर्वाधार समेत छ । हल्दीय र कोलकोत्ता बन्दरगाहमा कम्पनीको पूर्वाधार समेत छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय