Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

२० माघ । सरकारले निजी व्यावसायीमार्फत हुने सरकारी माल सामान ढुवानी निरूत्साहित गर्ने भएको छ । ४८ औं राष्ट्रिय विकास समस्या समाधानको बैठकले सरकार र सरकारी स्वमित्वको कम्पनी तथा संस्थाहरुले गर्ने आयात तथा निर्यातको ढुवानी सरकारी कम्पनीमार्फत गर्ने निर्णय गरेको हो ।
उद्योग मन्त्रालय मातहतको नेपाल पारबहन तथा गोदाम व्यवस्था कम्पनीमार्फत नै मालसामान ढुवानी व्यवस्था मिलाउने समितिले जनाएको छ ।
‘माल सामान ढुवानी गर्ने सरकारी स्वमित्वको कम्पनी हुँदा हुँदै निजी ढुवानी व्यवसायीमार्फत मालसामान ढुवानी हुँदा लागत बढेको देखियो, अब देखि आयात निर्यातको ढुवानी पारबहन तथा गोदाम व्यवस्था कम्पनीमार्फत नै गर्नु पर्नेछ,’ समितिको निर्णयमा भनिएको छ ।
सरकारी कम्पनीमार्फत ढुवानी गर्दा लागत कम हुने र माल सामानको छुट्टै बिमा गर्नु पर्दैन । चीन, भारत तथा तेस्रो देशबाट हुने आयात तथा ति मुलुकहरुमा हुने निर्यातका लागि सरकारी कम्पनीसँग पूर्वाधार समेत छ । हल्दीय र कोलकोत्ता बन्दरगाहमा कम्पनीको पूर्वाधार समेत छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय