Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

माघ २०। नायिका स्वेता खड्काले निर्माणाधीन माझी बस्तीको अवस्था पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको जस्तै भएको बताएकी छिन् । धुर्मुस सुन्तली फाउन्डेसन र माझी बस्तीको पीडा उस्तै भएको उनको भनाइ छ ।
धुर्मुस सुन्तली फाउन्डेसनले जस्तै माझी बस्ती निर्माणका क्रममा आफूले पनि ऋण बोकेर बसेको स्वेता बताउँछिन् । “निर्माणाधीन माझी बस्तीले पनि ऋण बोकेर नै बसेको छ । स्थानीय सरकार, सरोकारवाला निकाय तथा विभिन्न दाताहरुलाई माझी बस्तिसँग जोडिदिने हाम्रो प्रयासमा धेरै मनकारी सहयोगीहरु भेटिनु भयो अनि आफ्नो क्षमता, दक्षता र गक्षले भ्याएसम्मको सहयोग गर्नु भयो,” स्वेता सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन्, “तर केही यस्ता दाताहरु पनि भेटिए जसले सहयोग रकम बोल्नु भयो । तर, सहयोग उपलब्ध गराउनु भएन ।”
सहयोगका लागि कबुल गरेको रकम उपलब्ध गराउनु पर्नेमा उनको जोड छ । सहयोगको प्रतिबद्धता जनाउने तर रकम उपलब्ध नगराउनेको सूचि लामो रहेको उनी बताउँछिन् ।
“हामीले कुनै जोर जबर्जस्ती नगरिकनै आफ्नै मनले, स्वःतस्फुर्त रुपमा कबुल गर्नुभएको सहयोग प्रदान गर्नलाई आनाकानी गर्नेहरुको लिष्ट लामै छ । खैर, दान धर्म र कर्म भनेको मनदेखी स्वस्फुर्त हुने कुरा हो । हामिले त सहयोगको अपिलसम्म गर्ने हो । बलजफती गर्ने होइन । तथापि आफ्नो प्रतिवद्दता भुलेर गरिबहरुको आशा र भरोसामाथि खेलवाड गर्नु पक्कै राम्रो होइन ।”
पूरा गर्न नसक्ने बाचा, पूर्ति गर्न नसक्ने आस्वासन र दिन नसक्ने सहयोगको अर्थ नरहने भन्दै स्वेता आफूलाई समाज सेवीको रुपमा चिनाउन अरुको भरोसामाथि खेलवाड नगर्न उनको अनुरोध छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय