Nepali Unicode | Preeti to Unicode

माघ २० । खानेपानीमन्त्री मणि थापाले जेलमा रहेका प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’सँग भेट गरेका छन् । मंगलबार बिहान मन्त्री थापा ओलीलाई भेट्न ललितपुरस्थित नख्खु कारागारमा पुगेका हुन् ।
ओली विप्लव नेतृत्वको पार्टीका सचिवालय सदस्यसमेत हुन् । कारागारमा खानेपानी आयोजनाको अनुगमन गर्न पुगेका मन्त्री थापाले कारागारमै रहेका नेता ओलीसँग २० मिनेटजति भेट गरेका थिए ।
विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने चर्चा चलिरहेको बेला मन्त्री थापा र ओलीबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
नख्खु बम विस्फोटको अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका छन् । उनीमाथि कर्तव्य ज्यान मुद्दा पनि लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय