Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
चलचित्र ‘बनवास’ निर्माण गर्दै करिष्मा, कविता मुख्य भूमिकामा
Nepali Unicode | Preeti to Unicode

माघ २० । नायिका करिष्मा मानन्धर नयाँ चलचित्र निर्माण गर्ने तयारीमा जुटेकी छिन् । उनले निर्माण गर्न लागेको चलचित्रको नाम ‘बनवास’ हुने छ ।
उक्त चलचित्र निर्माणका लागि अहिले स्क्रिप्टको काम भइरहेको छ । “मलाई सुशिल क्षेत्रीले कथाको प्ल्ट सुनाउँदा राम्रो लाग्यो । त्यसैले यसमा चलचित्र बनाउनु पर्छ भनेर काम सुरु भएको हो । अहिले स्क्रिप्ट लेख्ने काम भइरहेको छ,” करिष्मा बाह्रखरीसँग भन्छिन्, “पहिलो चरणको स्क्रिप्ट राइटिङ सकिए पछि वैशाखमा रिभ्यू र रिराइट हुने छ । त्यसपछि असार साउनतिर फ्लोरमा जाने अहिलेसम्मको योजना हो ।”
अहिले स्क्रिप्ट लेखिरहेका सुशिल स्वयंले चलचित्र निर्देशन गर्ने करिष्मा बताउँछिन् । सुशिल सिनेमेटोग्राफर हुन् ।
‘बनवास’मा मुख्य भूमिकामा कविता मानन्धर रहने छिन् । कविता करिष्मा कि छोरी हुन् । कविताको अपोजिटमा को रहने छ, त्यो भने निश्चित नभइसकेको करिष्मा बताउँछिन् ।
माघ १ गते रिलिज भएको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’मा पनि कविताको अभिनय रहेको थियो । यो उनको डेब्यू चलचित्र हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय