Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
म्यानमारमाथि प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी
Nepali Unicode | Preeti to Unicode

माघ २० । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबारको घटना पश्चात् म्यानमारमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । म्यानमारमा सेनाले देशको सम्पूर्ण शक्ति आफ्नो हातमा लिँदै प्रमुख नेतृ आङ सान सु कीसहित सबै नेताहरूलाई नियन्त्रणमा लिएको हो । यसको केही समयमै त्यहाँ एक वर्षका लागि राष्ट्रिय आपतकाल पनि घोषणा गरिएको थियो भने देशभर इन्टरनेट, टेलिफोन अनि टेलिभिजनलगायतका सेवा अवरुद्ध गरिएको छ ।
यस्तोमा घटनाको कडा निन्दा गर्दै बाइडेनले भनेका हुन्, “जोड जबरजस्तीले जनताको आकांक्षा विपरित जाने या निस्पक्ष चुनावको परिणाम मेटाउने प्रयास गर्नु पूर्ण रुपमा गलत हो । अमेरिका सधैँ लोकतन्त्रको पक्षमा खडा हुनेछ र यसमाथिको हमला सहेर बस्ने छैन ।” अमेरिकाले पछिल्लो एक दशक लोकतन्त्र सम्बन्धी प्रगति देखा परेकाले म्यानमारमाथिको प्रतिबन्ध हटाएको थियो तर अब यो विषयमा तुरुन्तै पुनः विचार गरिने चेतावनी दिएको हो ।
यसैगरी संयुक्त राष्ट्र संघ अनि बेलायतले पनि सेनाको अनुचित कदमप्रति विरोध जनाइसकेका छन् । राष्ट्र संघका जेनेरल एन्टोनियो गुटेरेसले सेनाको हर्कतले लोकतान्त्रिक सुधारलाई गम्भीर चोट पुर्याएको बताएका हुन् । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद अहिले यसै सम्बन्धि आपतकालीन बैठकको तयारी गरिरहेको छ र देशभरबाट पक्राउ गरिएका ४५नेताहरुलाई मुक्त गर्न माग गरिरहेको छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जन्सनले पनि सेनाको कदमको कडा आलोचना गर्दै आङसान सुकीको अवैधानिक पक्राउको विरोध गरेका हुन् । युरोपेली युनिअनले पनि यसबारे गम्भीर चिन्ता व्यक्त गरेको छ । म्यानमार घटनामा अन्तर्राष्ट्रिय हस्तक्षेपको विरुद्धमा रहेको चीनले भने देशका सबै पक्षलाई विभेद अन्त्य गरि सहमतिमा आउन अपील गरेको छ ।
त्यस्तै कम्बोडिया, थाइल्यान्ड, फिलिपिन्स लगायत अन्य क्षेत्रीय शक्तिहरुले चाहिँ यो म्यानमारको आन्तरिक मामिला भएको बताइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय