Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
नेपालले एसियन च्याम्पियनसिप भलिबल खेल्ने
Nepali Unicode | Preeti to Unicode

माघ २० । एसियन भलिबल महासंघ एभीसीको बैठकले यस वर्ष चीनको गोन्जाओमा हुने एसियन च्याम्पियनसिपमा नेपाललाई छनोट गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै नेपालको सिनियर राष्ट्रिय महिला भलिबल टोलीले एसियन च्याम्पियनसिप खेल्ने पक्का भएको हो ।
चाइना भलिबल संघले आयोजना गर्ने एसियन च्याम्पियनसिप आउँदो अगष्ट २९ देखि सेप्टेम्बर ५ तारिखसम्म आयोजना हुँदै छ ।
प्रतियोगितामा आयोजक चीनसहित १६ टिमले सहभागिता जनाउनेछन् । सेन्ट्रल जोन, मध्य इस्ट जोन र वेस्ट जोनबाट कुनै पनि देशले दाबी प्रस्तुत नगरेपछि उज्वेकिस्तान, श्रीलंका र नेपाल खेल्ने गरी बैठकले निर्णय गरेको हो ।
गत वर्ष नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद सागमा नेपालको महिला टिमले ऐतिहासिक रजतपदक जितेको थियो । सागअघि बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन भलिबलमा नेपालको महिला टिमले स्वर्णपदक जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय