Nepali Unicode | Preeti to Unicode
 BREAKING
दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन |

माघ २० । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूह निर्वाचन आयोग पुगेको छ ।
मंगलबार बिहान पार्टी आधिकारिकता दाबीको पत्र बोकेर प्रचण्ड–नेपाल समूहका नेताहरु आयोगको कान्तिपथस्थित कार्यालय पुगेका हुन् ।
अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्यहरु, भीम रावल, वर्षमान पुन, घनश्याम भुसाललगायतका नेताहरु आयोग पुगेका हुन्
यसअघि, सोमबार बसेको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले आधिकारिकता दाबी गर्दै आयोगलाई पत्र लेख्ने निर्णय गरेको थियो । प्रतिनिधिसभा विघटनपछि सत्तारुढ दल नेकपा दुई समूहमा विभाजित छ । निर्वाचन आयोगले आधिकारिकता दाबीका लागि दुवै समूह प्रक्रियागत रूपमा नआएको बताउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय