Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूह निर्वाचन आयोग पुगे
Nepali Unicode | Preeti to Unicode

माघ २० । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूह निर्वाचन आयोग पुगेको छ ।
मंगलबार बिहान पार्टी आधिकारिकता दाबीको पत्र बोकेर प्रचण्ड–नेपाल समूहका नेताहरु आयोगको कान्तिपथस्थित कार्यालय पुगेका हुन् ।
अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्यहरु, भीम रावल, वर्षमान पुन, घनश्याम भुसाललगायतका नेताहरु आयोग पुगेका हुन्
यसअघि, सोमबार बसेको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले आधिकारिकता दाबी गर्दै आयोगलाई पत्र लेख्ने निर्णय गरेको थियो । प्रतिनिधिसभा विघटनपछि सत्तारुढ दल नेकपा दुई समूहमा विभाजित छ । निर्वाचन आयोगले आधिकारिकता दाबीका लागि दुवै समूह प्रक्रियागत रूपमा नआएको बताउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय