Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

२० माघ। विभागीय टोली एपीएफले महिला राष्ट्रिय लिग फुटबलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २२(० ले पराजित गरेको छ । सावित्रा भण्डारी एक्लैले १२ गोल गरेपछि एपीएफले फराकिलो जित हात पारेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा एपीएफको जितमा सावित्रा भण्डारी एक्लैले १२ गोल गरिन् ।
यस्तै कप्तान अनु लामाले ५ गोल गर्दा उपकप्तान अनिता बस्नेतले ३ गोल गरिन् । रेनुका नगरकोटी र सरु लिम्बुले एक एक गोल गरिन् ।
एपीएफले पहिलो हाफमा १२ र दोस्रो हाफमा १० गोल गरेको थियो । यस लिगमा यो अहिलेसम्मको सर्वाधिक गोल र फराकिलो जित अन्तर भएको खेल हो ।
डबल राउण्ड रोविन लिगमा सिंगल लिगका ६ वटै खेल खेलिसकेको लिग लिडर एपीएफले लगातार ६ खेल जित जित्दै १८ अंक जोडेको छ ।
उता चौदण्डीगढीको भने यो लगातार पाँचौ हार हो र अंकविहीन हुँदै पुछारमा छ ।
लिग अन्तर्गत सोमबारै भएको पहिलो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले मोरङको विराटनगर महानगरपालिकालाई ७(० ले पराजित गरेको छ ।
आर्मीको जितमा शर्मिला थापाले ह्याट्रिक गरिन् । यस्तै विमला चौधरीले दुई, रश्मी घिसिङ र विमला बिकले एक(एक गोल गरिन् ।
विराटनगरविरुद्ध आर्मीले पहिलो हाफमा ३ गोल गर्दा दोस्रो हाफमा ४ गोल गरेको थियो ।
जितपछि ५ खेलबाट १० अंक जोड्दै आर्मी अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । ५ खेलबाट ७ अंक रहेको विराटनगर चौथो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय