Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
चौदण्डीगढीको पोष्टमा एपीएफको २२ गोल, सावित्रा एक्लैले गरिन् १२ गोल
Nepali Unicode | Preeti to Unicode

२० माघ। विभागीय टोली एपीएफले महिला राष्ट्रिय लिग फुटबलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २२(० ले पराजित गरेको छ । सावित्रा भण्डारी एक्लैले १२ गोल गरेपछि एपीएफले फराकिलो जित हात पारेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा एपीएफको जितमा सावित्रा भण्डारी एक्लैले १२ गोल गरिन् ।
यस्तै कप्तान अनु लामाले ५ गोल गर्दा उपकप्तान अनिता बस्नेतले ३ गोल गरिन् । रेनुका नगरकोटी र सरु लिम्बुले एक एक गोल गरिन् ।
एपीएफले पहिलो हाफमा १२ र दोस्रो हाफमा १० गोल गरेको थियो । यस लिगमा यो अहिलेसम्मको सर्वाधिक गोल र फराकिलो जित अन्तर भएको खेल हो ।
डबल राउण्ड रोविन लिगमा सिंगल लिगका ६ वटै खेल खेलिसकेको लिग लिडर एपीएफले लगातार ६ खेल जित जित्दै १८ अंक जोडेको छ ।
उता चौदण्डीगढीको भने यो लगातार पाँचौ हार हो र अंकविहीन हुँदै पुछारमा छ ।
लिग अन्तर्गत सोमबारै भएको पहिलो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले मोरङको विराटनगर महानगरपालिकालाई ७(० ले पराजित गरेको छ ।
आर्मीको जितमा शर्मिला थापाले ह्याट्रिक गरिन् । यस्तै विमला चौधरीले दुई, रश्मी घिसिङ र विमला बिकले एक(एक गोल गरिन् ।
विराटनगरविरुद्ध आर्मीले पहिलो हाफमा ३ गोल गर्दा दोस्रो हाफमा ४ गोल गरेको थियो ।
जितपछि ५ खेलबाट १० अंक जोड्दै आर्मी अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । ५ खेलबाट ७ अंक रहेको विराटनगर चौथो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय