Nepali Unicode | Preeti to Unicode
 BREAKING
दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन |

माघ १९ । भक्तपुरमा बिनाकारबाही सजाय र थुनामुक्त गराइदिने भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा सूर्यविनायक नगरपालिका–६ बस्ने सिन्धुलीको सुनकोशी गाउँपालिका–४, भोलेनी घर भएका ३३ वर्षीय वीरबहादुर तामाङ र सोही ठाउँ बस्ने रामेछापको सुनपाती गाउँपालिका–७ घर भएका २७ वर्षीय ग्याल्छेन लामा रहेका छन् ।
गएको कात्तिक १६ गते सूर्यविनायक–६, गणेश मन्दिरनजिकबाट महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले धावा लामा र राजकुमार घिसिङलाई सुनौलो कछुवासहित पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई बिनाकारबाही सजाय र थुनामुक्त गराइदिन्छौँ भनेर विश्वास दिलाई ग्याल्छेन र वीरबहादुरले नगद दुई लाख १० हजार रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएपछि महानगरीय प्रहरी वृत्त जगाती, भक्तपुरबाट खटिएको प्रहरीले वीरबहादुरलाई र ग्याल्छेनलाई पक्राउ गरेको हो ।
उनीहरुविरुद्ध जिल्ला अदालत भक्तपुरबाट ठगी कसुरमा पाँच दिन म्याद थप गरी अनसुन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय