Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

१९ माघ । भक्तपुरको दूधपाटीमा एक सार्वजनिक यातायातका सह–चालकले यात्रुमाथि कुटपिट गरेका छन् ।
आइतबार बिहान बा ४ ख ७४१ नम्बरको बसमा यात्रुलाई कुटपिट गरेको पाइएपछि प्रहरीले सह–चालक २० वर्षीय सुदीप खड्कालाई पक्राउ गरेको छ । भक्तपुरकी एसपी तारादेवी थापाका अनुसार खड्काविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धान थालिएको छ ।
जिल्ला प्रहरी कार्यालय, भक्तपुरका डीएसपी दिपक गिरीका अनुसार कमलविनायकबाट रत्नपार्कका लागि चढेका यात्रु लिएर उक्त बस दूधपाटीस्थित बसपार्कमा आएको थियो । त्यहाँ गाडी रोकिने भएपछि यात्रुले किन पहिल्यै जानकारी नगराइएको भनेर प्रश्न गरेका थिए ।
‘सिधै जान्छ भनेपछि चढ्नु भएको रहेछ, ढिला हुने भएपछि विवाद भयो’, गिरीले भने, ‘त्यसक्रममा सह–चालकले कुटपिट गरेका हुन् ।’ घटनामा एकजना यात्रुको हातमा चोट लागेको छ ।
भक्तपुर अस्पतालमा उपचारपछि उनी डिस्चार्ज भइसकेका छन् । उनैले मुलुकी अपराध संहिताको दफा ११८ मा भएको अभद्र व्यवहार सम्बन्धी कसूरमा खड्काविरुद्ध जाहेरी दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय