Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

माघ १९ । नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’मा काम गरिन् । तर, यो चलचित्रको रिलिज सही तरिकाले नहुँदा चलचित्र आएको र गएको नै पत्तो भएन । जसलेगर्दा, कविताको डेब्यू सुखद बनेन । डेब्यू चलचित्र नै सुखद नबनेपछि कविता चलचित्रमा काम गर्ने बिषयमा सकारात्मक थिइनन् ।
तर, अब उनी आफ्नै होम प्रोडक्शनमा बन्न लागेको चलचित्र ‘बनबास’मा काम गर्न तयार भएकी छन् । यो चलचित्रलाई करिश्मा मानन्धरले निर्माण गर्दैछिन् । चलचित्रको निर्देशन भने सुशिल क्षेत्रीले गर्दैछन् । चलचित्रमा कविता र नायक सरोज खनालको मुख्य भूमिका रहनेछ ।
चलचित्रको बिषयमा करिश्मा मानन्धरले भनिन्–‘हो, हामी चलचित्र बनाउने तयारीमा छौं । यो ठूलो बजेटको चलचित्र होइन । तर, अहिलेको अवस्थामा सानो बजेटमा उत्कृष्ट कथा भन्न आवश्यक छ भन्ने लागेको छ । चलचित्रको काम वैशाखबाट सुरु हुन्छ ।’
चलचित्रमा काम गर्न कविता कसरी राजी भइन् त, करिश्माले भनिन्–‘एउटा यस्तो प्रेम कहानी’को टिमले चलचित्र विगारेपछि कविता चलचित्रमा काम गर्ने बिषयमा सकारात्मक थिइनन् । तर, मैले उनलाई संझाएकी छु । अब, भने उनी काम गर्न तयार छिन् ।’
करिश्माले बनाएको पछिल्लो चलचित्र ‘फागू’ हो, जुन बक्स अफिसमा असफल भएको थियो । कलाकार तथा निर्माता शिव श्रेष्ठले डेब्यू गराउनु भन्दा अगाडि कवितालाई आफ्नै ब्यानरबाट डेब्यू गराउने योजना करिश्माको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय