Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

माघ १९ । नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’मा काम गरिन् । तर, यो चलचित्रको रिलिज सही तरिकाले नहुँदा चलचित्र आएको र गएको नै पत्तो भएन । जसलेगर्दा, कविताको डेब्यू सुखद बनेन । डेब्यू चलचित्र नै सुखद नबनेपछि कविता चलचित्रमा काम गर्ने बिषयमा सकारात्मक थिइनन् ।
तर, अब उनी आफ्नै होम प्रोडक्शनमा बन्न लागेको चलचित्र ‘बनबास’मा काम गर्न तयार भएकी छन् । यो चलचित्रलाई करिश्मा मानन्धरले निर्माण गर्दैछिन् । चलचित्रको निर्देशन भने सुशिल क्षेत्रीले गर्दैछन् । चलचित्रमा कविता र नायक सरोज खनालको मुख्य भूमिका रहनेछ ।
चलचित्रको बिषयमा करिश्मा मानन्धरले भनिन्–‘हो, हामी चलचित्र बनाउने तयारीमा छौं । यो ठूलो बजेटको चलचित्र होइन । तर, अहिलेको अवस्थामा सानो बजेटमा उत्कृष्ट कथा भन्न आवश्यक छ भन्ने लागेको छ । चलचित्रको काम वैशाखबाट सुरु हुन्छ ।’
चलचित्रमा काम गर्न कविता कसरी राजी भइन् त, करिश्माले भनिन्–‘एउटा यस्तो प्रेम कहानी’को टिमले चलचित्र विगारेपछि कविता चलचित्रमा काम गर्ने बिषयमा सकारात्मक थिइनन् । तर, मैले उनलाई संझाएकी छु । अब, भने उनी काम गर्न तयार छिन् ।’
करिश्माले बनाएको पछिल्लो चलचित्र ‘फागू’ हो, जुन बक्स अफिसमा असफल भएको थियो । कलाकार तथा निर्माता शिव श्रेष्ठले डेब्यू गराउनु भन्दा अगाडि कवितालाई आफ्नै ब्यानरबाट डेब्यू गराउने योजना करिश्माको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय