Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

१९ माघ । पूर्वी चितवनको खैरहनी नगरपालिका–९, सिमलटाँडी बस्ने ४५ वर्षीय कृष्णप्रसाद अधिकारीलाई चितवन अदालतबाट जन्मकैदको फैसला भएको छ ।
आफ्नै कान्छी श्रीमती हत्या आरोपमा श्रीमान्लाई अदालतले दोषी ठहर गर्दै न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले उक्त फैसला सुनाएको हो । यस्तै अदालतले जेठी श्रीमती शर्मिला अधिकारी ढुङ्गानालाई भने सफाइ दिएको अदालतका स्रेष्तेदार ईश्वर आचार्यले जानकारी दिए ।
मनसायपूर्वक हत्या गरेको भनी चितवन प्रहरीले दुवै आरोपितविरूद्ध कर्तव्य ज्यान मुद्दा चलाएको थियो । ०७७ वैशाख २७ गते राति ३४ वर्षीया श्रीमती अञ्जु अधिकारीलाई घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घरायसी विवादका कारण खुकुरी प्रहार हुँदा अञ्जुको घटनास्थलमै मृत्यु भएको थियो ।
इलाका प्रहरी कार्यालय खैरहनीले खुकुरी प्रहार गर्ने कृष्ण र शर्मिलालाई तत्कालै पक्राउ गरेको थियो । हत्यामा प्रयोग भएको खुकुरी प्रहरीले बरामद गरेको थियो ।
आरोपितविरूद्ध मृतकको बुबा बारा जिल्ला सिमरा उपमहानगर–१ बस्ने बच्चुराम तिमिल्सेनाले वैशाख २८ गते इलाका प्रहरी कार्यालय खैरहनीमा उजुरी दिएका थिए । आरोपितहरुविरूद्ध प्रहरीले जेठ २० गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । यसअघिको आदेशमा उनीहरु थुनामा गएका थिए ।
बारा स्थायी घर भए पनि उनीहरु खैरहनी सिमलटाँडीमा डेरामा बस्थे । बेलुकी खाना खाने समयमा झगडा भएको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय