
१९ माघ । पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन–नौबिसे सडक रातिदेखि अवरुद्ध छ । धादिङको वेनीघाट रोराङ १० मौवाखोलामा ट्रक बिग्रिएपछि राति १२ बजेदेखि सडक अवरुद्ध भएको हो।
सडकमै ट्रक बिग्रिएर अवरुद्ध भएको सडक अझै खुल्न सकेको छैन । चालकको लापरबाही र ट्राफिक व्यवस्थापनको कमजोरीका कारण सडक सुचारु हुन नसकेको हो । प्रहरीले सडक खुलाउने कोसिस गरिरहेको छ ।