Nepali Unicode | Preeti to Unicode
 BREAKING
काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री | ओलीप्रति थप आक्रामक बालेन, भने : कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनू | विराटनगरको पोखरीया माविकी छात्राले २ तला माथिबाट हाम्फाल्दा अवस्था गम्भीर | बुटवल-नारायणगढ सडकको काम समयमै पूरा नभए ठेक्का तोड्छौं : मन्त्री दाहाल |

१९ माघ । लुइस सुआरेजको दुई गोल मद्दतमा लिग लिडर एट्लेटिको मड्रिडले स्पानिस ला लिगामा काडिजलाई ४(२ ले पराजित गरेको छ ।
काडिजको मैदानमा भएको खेलमा सउल निगेज र कोकेले एक(एक गोल थपे ।
काडिजका लागि दुवै गोल अल्भारो नेग्रेडोले गरे पनि टिमको हार टार्न सकेनन् ।
खेलको २८ औं मिनेटमा सुआरेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा नेग्रेडोले काडिजका लागि बराबरी गोल फर्काए ।
तर ४४ औं मिनेटमा सउल निगुएजले गोल गर्दै एट्लेटिकोलाई पहिलो हाफमा २(१ को अग्रता दिलाए ।
५० औं मिनेटमा सुआरेजले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई ३(१ को अग्रता दिलाए । उनले पेनाल्टीमा गोल गरे ।
७१ औं मिनेटमा नेग्रेडोले व्यक्तिगत दोस्रो गोल गर्दै गोलअन्तरमा ३(२ मा झारेका थिए ।
तर ८८ औं मिनेटमा कोकेले गोल गरेपछि एट्लेटिकोले ४(२ को सहज जित हात पारेको हो ।
जितपछि एट्लेटिकोले १९ खेलबाट ५० अंक जोडेको छ । जुन बार्सिलोना र रियल मड्रिडभन्दा १० अंकले बढी हो ।
एट्लेटिकोले अझै एक खेल कम खेलेको छ । २० खेलबाट समान ४० अंक जोडेको बार्सिलोना र रियल मड्रिड क्रमशस् दोस्रो र तेस्रो स्थानमा छन् । काडिज २४ अंकसहित १३ औं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय