Nepali Unicode | Preeti to Unicode
 BREAKING
यस प्रकारको खानाले तपाईंलाई मृत्युको धेरै नजिक पुर्‍याउन सक्छ, तुरुन्तै दूरी कायम राख्नुहोस् | बिहान तातो पानीमा घिउ मिसाएर पिउँदा अद्भुत फाइदा | काठमाडौँ महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने | चितवनमा राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुँदै | कार्यसम्पादन मुल्यांकनमा देशैभरको पालिकामध्ये नेत्रावती डवजोङ गाउँपालिका उत्कृष्ट | ‘उत्तर कोरियाले रुसलाई लामो दूरीको २०० तोपखाना दियो’ | ‘जनयुद्ध दिवस राष्ट्रिय दिवस नै हो:प्रचण्ड | सुप्रिम सहकारी रकम अपचलन : पूर्वडीआईजी जोशी पुर्पक्षका लागि थुनामा | पाथीभरा केबलकार विवाद: असन्तुष्ट समूह पुन: आन्दोलित, बन्द र आमहड्ताल घोषणा | जबरजस्ती करणी मुद्दामा फसाउने धम्की दिएर पैसा असुल्ने रत्ननगरकी महिला पक्राउ |

१९ माघ। मोहम्मद सालाहको दुई गोल मद्दतमा साविक विजता लिभरपुलले प्रिमियर लिगमा वेष्टह्यामलाई ३(१ ले पराजित गरेको छ । सहज जितपछि लिभरपुल अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।
वेस्ट ह्यामको मैदानमा लिभरपुललाई जित दिलाउन सालाहले दुई गोल गर्दा जर्जिनियो विज्नाल्डमले एक गोल गरे । वेस्ट ह्यामका क्रेग डसनले एक गोल फर्काए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७औं मिनेटमा सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
६८ औं मिनेटमा सालाहले व्यक्तिगत दोस्रो गोल गर्ददा लिभरपुलले २-० को अग्रता बनायो । ८४ औं मिनेटमा विज्नाल्डमले गोल गर्दै लिभरपुललाई ३-० को अग्रता दिलाए । ८७ औं मिनेटमा वेस्ट ह्यामका डसनले सान्त्वना गोल फर्काए ।
जितछि २१ खेलबाट ४० अंक जोडेको लिभरपुल लेस्टर सिटीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ । वेस्ट ह्याम ३५ अंकसहित पाँचौं स्थानमा यथावत छ ।
लिड्स युनाइटेडसँग पराजित भएपछि लेस्टर सिटीले दोस्रो स्थानमा उक्लने मौका गुमाएको थियो । २१ खलबाट ३९अंक रहेको लेस्टर चौथो स्थानमा छ ।
यस्तै दुई लण्डन क्लब चेल्सी र टोटनहमले पनि जित हात पारेका छन् । टोटनहमले ब्राइटनलाई १-० ले र चेल्सीले बर्नलीलाई २-० ले पराजित गरे ।
टोटनहमको २० खेलबाट ३३ अंक छ भने २१ खेल खेलेको चेल्सीको ३३ अंक छ । गोलअनतरमा अघि रहँदै टोटनहम छैटौं स्थानमा छ भने चेल्सी सातौं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय