Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

१९ माघ। मोहम्मद सालाहको दुई गोल मद्दतमा साविक विजता लिभरपुलले प्रिमियर लिगमा वेष्टह्यामलाई ३(१ ले पराजित गरेको छ । सहज जितपछि लिभरपुल अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।
वेस्ट ह्यामको मैदानमा लिभरपुललाई जित दिलाउन सालाहले दुई गोल गर्दा जर्जिनियो विज्नाल्डमले एक गोल गरे । वेस्ट ह्यामका क्रेग डसनले एक गोल फर्काए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७औं मिनेटमा सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
६८ औं मिनेटमा सालाहले व्यक्तिगत दोस्रो गोल गर्ददा लिभरपुलले २-० को अग्रता बनायो । ८४ औं मिनेटमा विज्नाल्डमले गोल गर्दै लिभरपुललाई ३-० को अग्रता दिलाए । ८७ औं मिनेटमा वेस्ट ह्यामका डसनले सान्त्वना गोल फर्काए ।
जितछि २१ खेलबाट ४० अंक जोडेको लिभरपुल लेस्टर सिटीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ । वेस्ट ह्याम ३५ अंकसहित पाँचौं स्थानमा यथावत छ ।
लिड्स युनाइटेडसँग पराजित भएपछि लेस्टर सिटीले दोस्रो स्थानमा उक्लने मौका गुमाएको थियो । २१ खलबाट ३९अंक रहेको लेस्टर चौथो स्थानमा छ ।
यस्तै दुई लण्डन क्लब चेल्सी र टोटनहमले पनि जित हात पारेका छन् । टोटनहमले ब्राइटनलाई १-० ले र चेल्सीले बर्नलीलाई २-० ले पराजित गरे ।
टोटनहमको २० खेलबाट ३३ अंक छ भने २१ खेल खेलेको चेल्सीको ३३ अंक छ । गोलअनतरमा अघि रहँदै टोटनहम छैटौं स्थानमा छ भने चेल्सी सातौं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय