Nepali Unicode | Preeti to Unicode

माघ १८ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले कतारविरुद्धको टी–ट्वान्टी शृंखलाका लागि कप्तानी गर्ने भएका छन् ।
नेपाल क्रिकेट संघ क्यानले शुक्रबार कतारसँगको तीन खेलको सिरिजका लागि बन्द प्रशिक्षणमा १८ खेलाडीलाई बोलाएको छ । दीपेन्द्रले कतारविरुद्धको उक्त शृंखलाको कप्तानी गर्ने भएका हुन् ।
क्यानले बोलाएको टिममा नियमित कप्तान ज्ञानेन्द्र मल्ल, पूर्वकप्तान पारस खड्का, सन्दीप लामिछाने, शरद भेषावकर र वसन्त रेग्मी परेका छैनन् । उक्त शृंखलामा क्यानले उनलाई कप्तानको जिम्मेवारी दिन लागेको हो ।
“दीपेन्द्र राष्ट्रिय क्रिकेट टिमका उपकप्तान हुन् । कप्तान टिममा नरहेकाले उनले कप्तानीको जिम्मेवारी पाउने भएका हुन्,” क्यानका एक उच्च अधिकारीले बाह्रखरीसँगको कुराकानीमा भने ।
नेपालले फेब्रुअरी १ बाट बन्द प्रशिक्षण सुरु गर्नेछ । नेपाल र कतारबीचको टी–ट्वान्टी शृंखलाअन्तर्गतको खेल फेब्रुअरी ९, १० र १२ मा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय