Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

१८ माघ । चितवनको भरतपुर आँपटारीमा मालबाहक सवारी साधनलाई व्यवस्थित गर्न मुलुकमै पहिलो पटक तौलपुल स्टेशन सञ्चालनमा आएको छ । अत्याधिक मालबाहक सवारीका कारण सडक जिर्ण बन्ने क्रम बढेको र दुर्घटना समेत रोक्न देशकै केन्द्र भाग नारायणगढ मुग्लिन सडक खण्डको भरतपुरको १ आंपटारीमा पहिलो तौल पुल स्टेशन सञ्चालनमा आएको हो । एक भव्य समारोहका विच आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङले आज आइतबार तौल पुल स्टेशजको उद्घाटन गर्नुभयो ।
कानुनत मालबाहक सवारी साधनले प्रति एक्सल १० दशमलव २ टनभन्दा बढी वजन लिएर चलाउन नपाउने व्यवस्था छ । मन्त्री नेम्वाङले नयाँ बाटोहरुलाई प्रविधिमैत्री बनाउने अभियान अन्र्तगत तौलपुल स्टेशन सञ्चालनमा ल्याएको बताउनुभयो ।
उहाँले अन्य सडकहरुमा समेत तौल पुल बनाइने बताउनुभयो । तौलपुलले सडक संरक्षण र दुर्घना न्युनिकरणमा सघाउने बताउनुभयो । मन्त्री नेम्बाङले वर्तमान सरकारले चितवनलाइ विकासको मोडेल जिल्ला बनाउन लागिपरेको बताउनुभयो ।
भौतिक पूर्वाधार तथा यातायात्र मन्त्रालयको यातायात विभागले एक करोड २१ लाख, ७३ हजार ६६५ रुपैयाँ लागतमा तौलपुल स्टेशन निर्माण गरेको हो । १८ मिटर लामो तौलपुल ८० टन क्षमताको रहेको छ । यस तौलपुल स्टेशन संचालनका लागि यातायात व्यवस्था विभागले गत मंसिर १७ गते प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयसंग समझादारी गरेको थियो ।
विभागका महानिर्देशक गोगनबहादुर हमालले तौलपुल निर्माण भएसंगै क्षमता भन्दा बढी वजन बोक्ने सवारी साधनहरुलाई अब तत्कालै जरिवानासहितको कारवाही गरिने जानकारी दिनुभयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय