Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

माघ १८ ।पहिलो सिजनमै लोकप्रियता हासिल गरेको कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो श्रृङ्खला फागुणको २१ गतेबाट प्रशारण हुने भएको छ । कान्तिपुर टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार बेलुकी ९ बजेबाट १० बजेसम्म यो शो प्रशारण हुनेछ ।
दोश्रो सिजनको अडिसन राउन्ड सकिएर अहिले धमाधम फिजिकल अडिसनको छायांकन भैरहेको छ । दोश्रो सिजनलाई पहिलो सिजन भन्दा झनै उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने यसका निर्देशक विशाल भण्डारीले बताए । उनले भने–‘हामीले पहिलो सिजनमा भएका केही कमजोरीलाई पनि सुधारेर दोश्रो सिजनलाई अझै उत्कृष्ट बनाउने प्रयत्न गरिरहेका छौं । पहिलो सिजनमा जस्तै दोश्रो सिजनमा पनि दर्शकको माया पाउने अपेक्षा छ ।’
थ्रि प्रोडक्शनको प्रस्तुतिमा तयार भैरहेको यो शोमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई निर्णायकको रुपमा छन् ।
यो शोको होस्ट नायिका तथा मोडल रीमा विश्वकर्मा हुने । शोको कार्यकारी निर्मातामा केकी अधिकारी, विशाल भण्डारी, राज घिमिरे र रीमा विश्वकर्मा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय