Nepali Unicode | Preeti to Unicode
 BREAKING
"छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार |

माघ १८ । बलिउड स्टार सञ्जय दत्त र साउथ स्टार यश अभिनीत बहुप्रतीक्षित चलचित्र ‘केजीएफ २’ को रिलिज मिति घोषणा गरिएको छ । चलचित्र सन् २०२१ को जुलाई १६ मा रिलिज हुने भएको छ । अभिनेताद्वयय सञ्जय र यशले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् ।
यस चलचित्रको रिलिजका लागि भारतलगायत नेपालका दर्शकहरु पनि व्यग्र प्रतीक्षामा छन् । हालै रिलिज भएको टिजर पनि दर्शकले निकै मन पराइरहेका छन् ।
सञ्जयले उनको ट्वीटर ह्यान्डलमा चलचित्रको नयाँ पोस्टर सार्वजनिक सार्वजनिक गर्दै लेखेका छन्, “केजीएफ २, १६ जुलाई २०२१ मा वर्ल्वाइड रिलिज हुँदै छ ।” यस्तै, अभिनेता यशले पनि लेखेका छन्, “तपाइँको सिटबेल्ट टाइट गर्नुहोस्, किनभने रिलिज मिति पक्का भइसकेको छ ।”
प्रशान्त नीलको निर्देशनमा बनेको ‘केजीएफ स् च्याप्टर २’ कन्नड, हिन्दी, तमिल, तेलुगू र मलयालममा रिलिज हुनेछ । यो सन् २०१८ मा रिलिज भएको ‘केजीएफ’को सिक्लेल हो, जुन निकै हिट भएको थियो ।
च्याप्टर २ मा सञ्जय दत्त अधीराको भूमिका देखिँदै छन् । सञ्जय र यशका साथै रवीना टण्डन, प्रकाश राज, श्रीनिधि शेट्टी महत्वपूर्ण भूमिकामा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय