
माघ १८ । काठमाडौं महानगरपालिका–१४, कलंकीबाट तीन केजी अवैध लागुऔषध अफिमसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–८ बस्ने ५१ वर्षीय माइला भनिने म्याक्स लोलाई छन् ।
लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरीले उनको साथबाट उक्त परिमाणको अफिम फेला पारी पक्राउ गरेको हो । म्याक्सउपर लागुऔषध ९नियन्त्रण० ऐन २०३३ बमोजिम म्याद थप गरी आवश्यक कानुनी कारबाही अघि बढाइने ब्युरोले जनाएको छ ।