Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
माघ २४ मा ‘स्टार क्रिकेट २०२१गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ’आयोजना गर्ने
Nepali Unicode | Preeti to Unicode

१८ माघ । ‘धुर्मुस सुन्तली फाउन्डेसन’ ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यही माघ २४ गते ‘स्टार क्रिकेट २०२१’ आयोजना गर्ने भएको छ । रंगशाला निर्माणको अभियानमा सहयोग गर्ने उद्देश्यले गृष्मा ब्रोडकास्टिङको आयोजनामा हुन लागेको क्रिकेट प्रतियोगितामा देशका चर्चित कलाकार तथा खेलाडीहरुको सहभागिता रहनेछ ।
एक कार्यक्रमका बीच ‘स्टार क्रिकेट’ मा सहभागी हुने कलाकार तथा खेलाडीलाई चिनाइयो । च्यारिटी खेलमा पारस खड्का, दीपक विष्टसहितका खेलाडीहरु मैदान उत्रनेछन् भने कलाकारतर्फ सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, सन्दीप क्षेत्री, प्रमोद खरेल, रामकृष्ण ढकाल, नम्रता श्रेष्ठ, बेनिशा हमाल, बद्री पंगेनी, प्रकाश सपुत लगायतले क्रिकेट खेल्नेछन् ।
दुई समुहमा बाँडिएको क्रिकेट प्रतियोगिताको एउटा समुहलाई धुर्मुस र अर्को समुहलाई सुन्तलीले नेतृत्व गर्नेछन् । ४० भन्दा बढी सेलिब्रेटीहरुको सहभागिता रहने ‘स्टार क्रिकेट २०२१’ बाट उठेको सम्पूर्ण रकम क्रिकेट रंगशाला निर्माणका लागि प्रदान गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय