Nepali Unicode | Preeti to Unicode
 BREAKING
अमेरिकी राष्ट्रपति ट्रम्पको आन्तरिक विद्रोह: राष्ट्रिय आतंकवाद विरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धविरुद्ध राजीनामा दिएपछि ठूलो हंगामा! | प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै | इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) |

१८ माघ। नेपालमा बर्डफ्लु भित्रिएकाले मासु राम्रोसँग पकाएर मात्र खान चिकित्सकले सुझाव दिएका छन् ।
बर्डफ्लु पन्छीबाट मानिसमा सर्ने सरुवा रोग भएकाले विशेष सतर्कता अपनाउनुपर्छ । वरिष्ठ छाती रोग विशेषज्ञ डा। निरज बमका अनुसार पन्छीको मासु खाँदा बर्डफ्लुको भाइरस सर्न सक्ने जोखिम हुने भएकाले राम्रोसँग पकाएर मात्र खानुपर्छ ।
चिकित्सकका अनुसार बर्डफ्लुको भाइरस ७२ डिग्री सेल्सियस तापक्रममा मर्ने अध्ययनहरुबाट देखिएको छ । त्यसैले ७२ डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा पकाएको खानेकुरा खाँदा बेस हुन्छ ।
बर्डफ्लुको संक्रमण भएमा निमोनियाररुघाखोकी जस्तै लक्षण देखिन्छ । जाडो मौसममा यसले झन् असर गर्न सक्ने भएकाले पन्छी र पन्छीजन्य पदार्थको सम्पर्कमा नजान र सरसफाइमा बढी ध्यान दिन चिकित्सकले सुझाएका छन् ।
बर्डफ्लु कुखुरा, हाँस, टर्की, चराचुरुङ्गी लगायत पन्छीमा लाग्ने सरुवा रोग हो । यो द्रुत रुपमा फैलिने र ज्यान पनि लिन सक्ने भएकाले यसलाई प्राणातक सरुवा रोगको रुपमा लिइन्छ । बर्डफ्लुका भाइरस मासु, प्वाँख, सिंगान, र्‍याल, सुली, दाना, अण्डा, अण्डा राख्ने क्रेट, दाना राखेका बोरा लगायतको सम्पर्कबाट सर्छ ।
काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा किसानले पालेका कुखुरा र टर्कीमा बर्डफ्लुको संक्रमण पुष्टि भएपछि २ हजार बढी पन्छी नष्ट गरिएको छ ।
यसअघि नै छिमेकी मुलुक भारतमा बर्डफ्लु भेटिएपछि सीमा क्षेत्रमा कडाइ गरिएको थियो । पशु सेवा विभागले भारतबाट पन्छीजन्य वस्तुको आयातमा प्रतिबन्धसमेत लगाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय