Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

गायक समिर आचार्यका लागि गीत बजारमा आउनुले खासै महत्व राख्दैन। महत्व राख्न त्यसले बजार तताउनुपर्छ भन्ने उनी ठान्छन्।
‘ओठ ओठमा झुण्डिनुपर्छ । गीतको मादकताले शरीरमा काँडा उम्रनुपर्छ,’ समिरले सेतोपाटीसँग भने, ‘सबैको मुखबाट वाहनिस्कनुपर्छ।’
गायक समिर–गायकले यो मेरो गीत हो भनेर प्रचार गर्दै हिँड्नुभन्दा स्रोता दर्शकले स्वस्फूर्त रुपमा आफैं नोटिस गरेपछि मात्रै सफलता ठान्छन् ।
उनको सानैदेखि संगीतप्रतिको बलियो लगाव थियो। उनका बुवा गोविन्द आचार्यपनि एक जमानाका चर्चित लोकदोहरी गायक हुन्।
गीतसंगीतप्रतिको रुचिकै कारण समिरले विद्यार्थीकालमा साथीभाइको सहयोगमा गीत संगीत क्षेत्रमा केही काम गरे। त्यसले दाङ उत्यका र आसपाका क्षेत्रमा राम्रो प्रशंसा बटुले। तर त्यो दायरा दाङकै सेरोफेरोमा सीमित जस्तै थियो। उनी त्यसैमा रमाइरहे। उनी दाङका रेडियोमा पनि कार्यक्रम चलाउँथे। त्यसबाट पनि उत्तिकै चर्चा बटुलेका थिए। बोल्ड आवाजका धनि समिरले धेरै रेडियोको जिंगल उतिबेलै तयार पारेका थिए ।
संगीत सिकाइको समयमा समिरले ‘तरज र बडा गज्जव’ गरि दुई एल्बम निकाले । त्यसले गायकको पहिचान दिए पनि लोकप्रियता दिन सकेन । विस्तारै एल्वम निकाल्ने युग सकिएर यूट्युबमा गीत निकाल्ने युग सुरु भयो । यूट्युबको जमाना आएपछि जहिलै समिर छाए। समिरको ट्रेन्डिङ्ग यात्रा त्यहीँबाट सुरु भयो ।
समिरले सन् २०१६ मा निकालेको ‘दुनियाँ बेग्लै छ’ बोलको गीतले साँगीतिक यात्रालाई थप फराकिलो बनाइदियो ।
समिरले भने ‘मलाई सुरुमा विश्व घुमाउने त्यहीँ गीत हो।’ गीतले ४ वर्षमा १ करोड भ्यूज वटुलिसकेको छ ।
‘दुनियाँ बेग्लै छ’ को चर्चा समिरका लागि एउटा चुनौति पनि थियो ।
उनको आउने सांगीतिक यात्राको प्रतिक्षा भइरहेको थियो ।
त्यसपछि उनले ‘चट्ट सलाम छ’, ‘पिच गर्दिन्छु रोड’, ‘घाममा सुकाइदेउ’, ‘ठुम्मा’, ‘सानोमा सानो माछी खेल्यो’, ‘घाँघरा चोली’ जस्ता गीतहरु बजारमा ब्याकटूब्याक हिट नम्वरहरु छाए ।
उनका सबै गीतहरुले ट्रेन्डिङ्गमा उक्लिए। धेरै भ्युज बटुले।
हालसालै बजारमा आएको एकनारायण भण्डारीको शब्द र आशिष अविरलको शब्द रहेको ‘झम्के माया’ रिलिज भएपछि पनि ट्रेन्डिङ्गमा परेको छ ।
गीत अझैं लगाडि लम्किरहेको छ। यूट्युव अपलोडको ६ दिनमै १२ लाख बढीले यो गीत हेरिसकेका छन् ।
स्रोता दर्शकले गीत अत्यधिक रुचाई दिएकोमा गायक समिर पुल्कित सुनिए । ‘ मेरो लागि दर्शक स्रोता मार्ग दर्शक र उर्जा हुनुहुन्छ,’ समिरले भने ‘ उहाँको यो मायाले मलाई फेरि केही गर्न हौसला मिलेको छ । घचघच्याएको छ ।’
कुनैदिन संगीतको तिर्खा मेट्न दाङबाट काठमाडौ गएका थिए । तर हाल उनी सात समुन्द्रपारी अष्ट्रेलियामा छन् । गीत संगीत प्रति उनको लगाब यति छ कि, त्यहाँ पनि घरमा स्टुडियो वनाएका छन् ।
समिरका अनुसार उनले आफै घरमा गीत रेकर्ड गर्छन र त्यो नेपाल पठाउँछन् ।
समिरकै शब्दमा गीत तयार हुनै लाग्दा विभिन्न कम्पनीहरुले तानातान गरिरहेका हुन्छन् ।
‘गीत राम्रो बन्यो भने कम्पनीको चिन्तै हुने रहेन छ,’ समिरले भने ‘ बरु मेरो कम्पनीलाई देउ भनेर हानथाप हुने रहेछ।’
समिरका उनी अहिले केही चलचित्रको गीतहरु गरिरहेका छन् ।
‘झम्के माया’को चर्चाले पुलकित भएका समिरले अब निकट भविस्यमै आसामी शैलीको गीत वजारमा ल्याउने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय