Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

माघ १६ । कोभिड–१९ विरुद्धको खोप अभियान सुरु भएको तेस्रो दिन तीनवटा प्रदेशमा खोप केन्द्र थप गर्ने तयारी भएको छ ।
प्रदेश नम्बर–१, गण्डकी र सुदूरपश्चिम प्रदेशमा केन्द्र थप गर्ने तयारी भएको हो । यी प्रदेशका पहाडी जिल्लाहरुबाट खोप लिने लक्षित वर्ग छुट्न थालेपछि केन्द्र थप गरी खोप दिने प्रक्रिया अघि बढाइएको छ ।
प्रदेश–१ मा ३५ हजार ५७६ जना खोप लिने नागरिकका लागि १४ जिल्लामा २५ खोप केन्द्र तोकिएको थियो । तर, यी केन्द्रमा बिहीबारसम्म चार हजार ९०१ जनाले मात्र खोप लिन आएपछि केन्द्र थप्ने तयारी गरिएको प्रदेश–१ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य निर्देशक डा। ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
त्यस्तै, बिहीबारसम्म सुदूरपश्चिमका १० केन्द्रबाट सबै पालिकालाई खोप अभियानमा समेट्न नसकेपछि खोप केन्द्र थप गर्न लागिएको सुदूरपश्चिम प्रदेशका फोकल पर्सन डा। कृष्णप्रसाद पौडेलले बताए । सुदूरपश्चिममा १६ हजारजना खोप लिने सूचीमा रहेकोमा बिहीबारसम्म दुई हजार ४२० जनाले मात्र खोप लिएका छन् ।
सबैभन्दा बढी सहभागी भएको भनिएको गण्डकी प्रदेशमा समेत खोप केन्द्र थप्नुपर्ने भएको छ । प्रदेशको बागलुङ, बुर्तिबाङ क्षेत्रका स्वास्थ्यकर्मी सदरमुकामसम्म आइपुग्न एक दिन लाग्ने भएकाले सहभागी हुन नसकेको गण्डकीका कोभिड–१९ खोप अभियान फोकल पर्सन डा। विनोदविन्दु शर्माले जानकारी दिए । शर्माका अनुसार आइतबारसम्म बुर्तिबाङमा खोप केन्द्र थप गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय