Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
कोभिड–१९ विरुद्धको खोप अभियान प्रदेशमा खोप केन्द्र थप्ने तयारी
Nepali Unicode | Preeti to Unicode
 BREAKING
एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी | स्तब्ध र समस्याग्रस्त युवा पुस्ता | गणतन्त्र पक्षधर दलहरुको निष्कर्ष : व्यवस्थाप्रति एकमत छौं |

माघ १६ । कोभिड–१९ विरुद्धको खोप अभियान सुरु भएको तेस्रो दिन तीनवटा प्रदेशमा खोप केन्द्र थप गर्ने तयारी भएको छ ।
प्रदेश नम्बर–१, गण्डकी र सुदूरपश्चिम प्रदेशमा केन्द्र थप गर्ने तयारी भएको हो । यी प्रदेशका पहाडी जिल्लाहरुबाट खोप लिने लक्षित वर्ग छुट्न थालेपछि केन्द्र थप गरी खोप दिने प्रक्रिया अघि बढाइएको छ ।
प्रदेश–१ मा ३५ हजार ५७६ जना खोप लिने नागरिकका लागि १४ जिल्लामा २५ खोप केन्द्र तोकिएको थियो । तर, यी केन्द्रमा बिहीबारसम्म चार हजार ९०१ जनाले मात्र खोप लिन आएपछि केन्द्र थप्ने तयारी गरिएको प्रदेश–१ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य निर्देशक डा। ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
त्यस्तै, बिहीबारसम्म सुदूरपश्चिमका १० केन्द्रबाट सबै पालिकालाई खोप अभियानमा समेट्न नसकेपछि खोप केन्द्र थप गर्न लागिएको सुदूरपश्चिम प्रदेशका फोकल पर्सन डा। कृष्णप्रसाद पौडेलले बताए । सुदूरपश्चिममा १६ हजारजना खोप लिने सूचीमा रहेकोमा बिहीबारसम्म दुई हजार ४२० जनाले मात्र खोप लिएका छन् ।
सबैभन्दा बढी सहभागी भएको भनिएको गण्डकी प्रदेशमा समेत खोप केन्द्र थप्नुपर्ने भएको छ । प्रदेशको बागलुङ, बुर्तिबाङ क्षेत्रका स्वास्थ्यकर्मी सदरमुकामसम्म आइपुग्न एक दिन लाग्ने भएकाले सहभागी हुन नसकेको गण्डकीका कोभिड–१९ खोप अभियान फोकल पर्सन डा। विनोदविन्दु शर्माले जानकारी दिए । शर्माका अनुसार आइतबारसम्म बुर्तिबाङमा खोप केन्द्र थप गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय