Nepali Unicode | Preeti to Unicode

माघ १६ । काठमाडौं महानगरपालिका–२२, न्यूरोडबाट स्रोत नखुलेको ३८ लाख सात हजार रुपैयाँ नगदसहित पाँचजना पक्राउ परेका छन् । उनीहरुको साथबाट २२ लाख आठ हजार १५० रुपैयाँ लेखिएका २४ थान चेकसमेत बरामद भएको छ ।
पक्राउ पर्नेहरुमा हुम्लाको सर्केगाड गाउँपालिका–१ घर भएका २७ वर्षीय नवराज रावत, २८ वर्षीय सञ्जय बुढा, ३० वर्षीय गोपाल रावत, मकवानपुरको थाहा नगरपालिका–११ बस्ने २७ वर्षीया सानुमाया तमाङ र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ बस्ने २७ वर्षीय भीमसेनबहादुर तमाङ रहेका छन् ।
महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले शंकास्पद रूपमा हिँडिरहेका उनीहरूलाई नियन्त्रणमा लिई तलासी गर्दा उक्त रकम र चेक फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कारबाहीको लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोक पठाइने वृत्तले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय