Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
गायक मिलन लामाद्वारा विपन्नलाई घर हस्तान्तरण
Nepali Unicode | Preeti to Unicode

१६ माघ । लोकगायक मिलन लामाले रत्ननगर नगरपालिका–९ लालपर्सामा विपन्न परिवारलाई पक्की घर निर्माण गरी हस्तान्तरण गर्नुभएको छ । लामाले अर्थाभावका कारण झुप्रोमा बस्न बाध्य एकल महिला मधु कुमाललाई पक्की घर बनाएर हस्तान्तरण गर्नुभएको हो । घर निर्माणका क्रममा दुई तलाबाट खसेर श्रीमान्को मृत्यु भएपछि मधु र उहाँका दुई छोरा लालपर्सास्थित कुमालटोलमा रहेको झुप्रोमा बस्दै आउनुभएको थियो ।
उहाँहरुको दयनीय अवस्था देखेपछि गायक लामाले रु छ लाख खर्च गरेर जस्तापाताले छाएको एकतले नयाँ पक्की घर निर्माण गरिदिनुभएको हो । उहाँले सो घर सो कुमाल परिवारलाई बिहीबार हस्तान्तरण गर्नुभएको छ ।
विदेशमा रहेका साथीसँग सहयोग जुटाएर घर निर्माण गरेको गायक लामाले बताउनुभयो । घरसँगै धारासमेत बनाइएको छ । स्थानीय पत्रकार होमनाथ सापकोटाका अनुसार अतिविपन्न वर्गका लागि घर बनाउन गायक लामाले विदेशमा आफूले गीत गाएवापत आउने पैसाले घर निर्माण अभियान शुरु गर्नुभएको थियो । ‘जीवनकालभर मिलन होम, १०० होम’ भन्ने अभियानका साथ विपन्न समुदायको घर निर्माण शुरु गर्नुभएका गायक लामाले अहिलेसम्म १६ घर निर्माण गरी विपन्न परिवारलाई हस्तान्तरण गरिसक्नुभएको सापकोटाले जानकारी दिनुभयो । लामा रत्ननगरका स्थायी बासिन्दा हुनुहुन्छ । विपन्नका लागि आर्थिक जोहो गर्न लामा स्वदेशसँगै विदेशमा समेत गीत गाउन जाने गर्नुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय