Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
लिभरपुलको सहज जित
Nepali Unicode | Preeti to Unicode

माघ १६ । साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा लिभरपुलले टोटेनहमलाई ३–१ ले पराजित गरेको हो ।
टोटेनहमको मैदानमा लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्हो, ट्रेन्ट एलेक्स्जेन्डर आर्नोल्ड र साडियो मानेले एकरएक गोल गरे । टोटेनहमका पिएरे इमिलले एक गोल फर्काए ।
पहिलो हाफको इन्जुरी समयमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । ४७औँ मिनेटमा आर्नोल्डले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । ४९औँ मिनेटमा इमिलले गोल गर्दै टोटेनहमलाई २–१ को स्थितिमा ल्याए । ६५औँ मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए ।
जितसँगै लिभरपुल तालिकाको चौथो स्थानमा उक्लिएको छ । लिभरपुलले २० खेलबाट ३७ अंक जोडेको छ । टोटेनहम ३३ अंकसहित तालिकाको छैटौँ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय