Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
कृष्णपाउरोटी चोक र गैह्रीधारामा नयाँ ट्राफिक लाइट जडान गरी सञ्चालनमा
Nepali Unicode | Preeti to Unicode

माघ १५ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीबार काठमाडौंका कृष्णपाउरोटी चोक र गैह्रीधारामा नयाँ ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याएको छ ।
महाशाखाले कृष्णपाउरोटी चोकमा प्राइम कमर्सियल बैंक र गैह्रीधारामा सनराइज बैंकसँग समन्वय गरी नयाँ ट्राफिक लाइट जडान गरेको हो ।
‘‘काठमाडौं उपत्यकामा भइरहेको चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिइँदै आएको छ । ट्राफिक व्यवस्थापनलाई प्रविधितर्फ लैजाने प्रयासमा छौँ । यसको लागि सडक विभागबाहेक स्थानीय निकाय, विभिन्न बैंक, वित्तीय संघ–संस्थाहरुसँग निरन्तर समन्वय, सहकार्यमा काम हुँँदै आएको छ,’’ महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले ।
प्राइम बैंककी एसिस्टेन म्यानेजर अनिता प्रधानले लाइटले सहयोगी भूमिका खेल्ने र आगामी दिनहरुमा समेत ट्राफिक महाशाखासँग सहकार्य गर्ने बताइन् ।
सनराइज बैंकका सीईओ जनक पौडेलले ट्राफिक लाइटको प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
महाशाखाले काठमाडौं उपत्यकाका मुख्य–मुख्य ३० वटा चोकमा ट्राफिक लाइटबाट ट्राफिक व्यवस्थापन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय