Nepali Unicode | Preeti to Unicode

माघ १५ । विभागीय टोली त्रिभुवन आर्मी क्लब राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा वाग्मती प्रदेशलाई ९४ रनले हराउँदै आर्मी लगातार चौथोपटक फाइनलमा पुगेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको २३० रनको लक्ष्य पछ्याएको वाग्मतीले ४२ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १३५ रन मात्र बनायो । वाग्मतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४७ रनको योगदान गरे । ६० बल खेलेका उनले चार चौकाको सहयोगमा ४७ रन बनाएका हुन् । विपीन आचार्यले २३ रन बनाउँदा नन्दन यादवले २२ तथा आदिल खानले १० रन जोडे ।
बलिङतर्फ आर्मीका लागि जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट लिए । ८ ओभर २ बल बलिङ गरेका उनले २४ रन खर्चेर एक मेडन ओभर फाले । त्यस्तै, विक्रम सोब र सुशन भारीले समान ३र३ विकेट लिए ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा सम्पूर्ण गुमाउँदै २२९ रन बनाएको थियो । आर्मीका लागि राजेश पुलामीले अर्धशतकीय पारी खेले । ९१ बल खेलेका उनले चार चौका र दुई छक्काको सहयोगमा ६५ रन बनाए ।
आर्मीले १७ रन बनाउँदा तीन विकेट गुमाएको थियो । लोकेश बम र भीम सार्कीले आर्मीको इनिङ उकासेका थिए । २३ रन बनाएर लोकेश आउट हुँदा भीमले ४० रनको योगदान गरे । आर्मीका लागि कप्तान विनोद भण्डारी १० रन बनाएर आउट हुँदा विक्रम सोबले ३५ रनको योगदान गरे ।
बलिङतर्फ वाग्मतीका लागि गौतम केसीले सार्वाधिक ५ विकेट लिए । १० ओभर बलिङ गरेका उनले एक मेडन ओभर फालेर ६१ रन खर्चे । त्यस्तै, रामनरेश गिरी, नन्दन यादव, तिलक मण्डारी र विपिन आचार्यले समान एकरएक विकेट लिए ।
अब आर्मीले उपाधिका लागि अर्को विभागीय टोली एपीएफसँग प्रतिस्पर्धा गर्नेछ । एपीएफ नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलमा पुगिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय