Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

माघ १५ । बाँकेको कोहलपुर नगरपालिका–१२, चप्परगौरीस्थित एक होटेलबाट दुईथान रेडपाण्डाको छालासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुर्खेतको भेरीगंगा नगरपालिका–१० बस्ने ४० वर्षीय दलबहादुर शाही, जाजरकोटको जुनिचाँदी गाउँपालिका–११ बस्ने ४२ वर्षीय धनबहादुर शाही र सल्यानको बनगाड कुपिन्डेदह नगरपालिका–४ बस्ने ३३ वर्षीय भरतबहादुर पुन रहेका छन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्युरो टोली र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको संयुक्त प्रहरीले होटेलको ११३ नम्बर कोठामा बसेका उनीहरूलाई झोलामा लुकाइराखेको उक्त छालासहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि बाँके राष्ट्रिय निकुञ्ज कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय