
माघ १५ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका राजेश पुलामीले अर्धशतक प्रहार गरेका छन् ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वाग्मती प्रदेशविरुद्ध छैटौं नम्बरमा ब्याटिङ गर्न आएका उनले ४४ ओभरमा अर्धशतक पूरा गरेका हुन् ।
टस हारेर पहिले ब्याटिङ गरेको आर्मीका लागि ७० बल खेलेका उनले ३ चौका र २ छक्काको सहयोगमा ५१ रन बनाए ।