Nepali Unicode | Preeti to Unicode

माघ १५ । चोरीको मोटरसाइकलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका–४ घर भई हाल तारकेश्वर नगरपालिका–८, जरंखु बस्ने ३३ वर्षीय विष्णु तामाङ छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले बुधबार मनमैजुबाट उनलाई पक्रेको हो । वास्तविक नम्बर प्लेट परिवर्तन गरी मोटरसाइकल चलाइरहेको अवस्थामा उनलाई पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
महाशाखाले मोटरसाइकलसहित चोरीमा संलग्नलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगन्ज पठाइएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय