Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

माघ१४ । चितवनमा पहिलो कोरोना विरुद्ध खोप डा तिवारीले लगाएका छन । सरकारले कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान बालुवाटारबाटै भिडियो कन्फरेन्समार्फत खोप अभियानको उद्घाटन गरेका हुन् ।

अभियान उद्घाटनलगत्तै नेपालमा कोरोनाको पहिलो खोप काठमाडौंको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा।सागर राजभण्डारीले लगाएका थिए । भने चितवनमा भरतपुरमा अस्पतलका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा।जगन्नाथ तिवारीले लगाएका थिए । यस्तै टाँडीमा महिला स्वयंसेविका ईश्वरीदेवी बस्नेतले पहिलो डोज खोप लगाएर शुभारम्भ गरिएको थियो ।
यस्तै माडीमा नगरपालिका स्वास्थ्य संयोजक शिव सुवेदीले पहिलो डोज लगाएर शुभारम्भ गरिएको हो । कोरोना विरुद्धको सुरक्षित खोप लगाउन डराउनु पर्दैन भन्ने सन्देश दिन आफूले सुरुमै खोप लगाएको उनको भनाइ छ । भरतपुर अस्पताल, रत्ननगरको बकुल्लहर अस्पताल र माडीको बघौडा अस्पतालबाट जिल्लाभर कुल ६ हजार २ सय जनालाई खोप दिने तयारी चितवनको रहेको छ ।
भतरपुरमा मात्रै संघीय मातहतको भरतपुर अस्पतालको केन्द्रबाट ४ हजार ५ सय जनालाई खोप लगाउने तयारी छ । जिल्लामा अहिले ४ हजार २ सय डोज खोप आएको र छ प्रतिशत खेर जाने अनुमान गरिएको उनले बताए।
स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका, सरसफाईकर्मी, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी,एम्वुलेन्सकर्मीलाई पहिलो प्राथमिकतामा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय