Nepali Unicode | Preeti to Unicode
 BREAKING
रत्ननगर अस्पतालका गरिब बिरामीहरूलाई 'रफ्तार चितवन' द्वारा फलफूल वितरण | | रत्ननगरका विद्यालय तहका विद्यार्थीका लागि 'ई–हब कोडिङ क्लास' सुरु, विद्यार्थीहरूको उत्साहजनक सहभागिता | रफ्तार संस्थाद्वारा रत्ननगर वडा नं. १२ मा शैक्षिक सामग्री वितरण तथा सचेतना कार्यक्रम सम्पन्न | रत्ननगरमा विद्यालय सञ्चालनमा एकरूपता र गुणस्तर सुधारको प्रयास: कक्षा १२ सम्म निःशुल्क शिक्षाको तयारी | आजका प्रमुख विश्व समाचार | आजका मुख्य विश्वव्यापी समाचार | आजका मुख्य अन्तर्राष्ट्रिय र राष्ट्रिय समाचार | प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? |

माघ १४ । नेपालकी प्रथम ट्रान्सजेन्डर मोडल अन्जली लामा हलिउडमा डेब्यु गर्ने भएकी छिन् । उनी यस चलचित्रमा बलिउड अभिनेत्री ज्याकलीन फर्नान्डिजसँग देखिन लागेकी हुन् ।
अन्जली एन्थोलोजी फिचर चलचित्र ‘सेयरिङ अ राइड’बाट हलिउडमा प्रवेश गर्न लागेकी हुन् । जुन ‘वुमन स्टोरिज’ सिरिजअन्तर्गत ६ जना महिला निर्देशकहरुले निर्माण गर्न लागेको ६ वटा फिचरमध्ये एक हुनेछ ।
‘सेयरिङ अ राइड’ चलचित्रको निर्देशन लीना यादवले गर्नेछिन् । जसले बलिउड चलचित्रहरु ‘राजमा चावल’, तीन पत्त’जस्ता चलचित्र निर्देशन गरेकी छिन् । अभिनेत्री पारमिता राणाले आफ्नो इन्स्टाग्राममार्फत यसबारेमा दिएकी हुन् । उनले अन्जलीको सफलतामा खुसी व्यक्त गर्दै लेखेकी छिन्, “म तिम्रो लागि निकै खुसी छु, अन्जली । धेरै माया अनि सम्मान । सधैँ आफ्नो सपनामा निरन्तर लागिरहेकोमा धेरै–धेरै धन्यवाद । तिमीले कहिले पनि हार मानेनौँ । म तिमीप्रति गर्व महसुस गर्दछु ।”
चलचित्रमा चर्चित अभिनेत्रीहरु कारा डेलिभिंग्ने, मार्गेरिटा बाए, लियोनोर भेरेला र ओस्कर विजेता मार्सिया गे हार्डेन पनि रहने छन् ।
मोडल अन्जली भारतको ‘लेक्मी फेसन विके’मा सहभागी पहिलो ट्रान्सजेन्डर मोडल हुन् । उनले मुम्बईमा भएको ‘भोग ब्युटी अवार्ड’को १०औँ संस्करणमा ‘मोडल अफ द इयर’को उपाधि जितेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय