Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

माघ १३ । सुनका गरगहनासमेतका धनमाल लुटपाटमा संलग्न रहेको आरोपमा काठमाडौंबाट दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा दरबारमार्गस्थित आँधीखोला दोहोरी साँझमा काम गर्ने बझाङको जयपृथ्वी नगरपालिका–१ घर भई काठमाडौंको नयाँबानेश्वर बस्ने २१ वर्षीय सुनीलबहादुर सिंह र सोही दोहोरी साँझमा चालकको काम गर्ने सिन्धुपाल्चोकको साँगाचोकगढी घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने ३४ वर्षीय कृष्णबहादुर श्रेष्ठ रहेका छन् ।
काठमाडौंको स्युचाटार बस्ने ४२ वर्षीय पुरुषको माघ १० गते राति धनमाल लुटपाट भएको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट सवा तीन तोलाको एकथान सुनको सिक्री, करिब दुई तोलाको एकथान सुनको औँठी, हात्तीको पुच्छर भएको करिब साढे एक तोलाको एकथान सुनको ब्रासलेट र उक्त दोहोरी साँझको बा३च ६६४९ नम्बरको मारुती कार प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय