Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

माघ १३ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनमा सहयोगी भूमिका निभाउन आम नागरिकलाई आग्रह गरेका छन् । मंगलबार भन्सार दिवसका अवसरमा मन्त्री पौडेलले विशेष परिस्थितिले मध्यावधी निर्वाचन गर्नुपर्ने अवस्था सिर्जना भएकाले त्यसमा सघाउन आग्रह गरेका हुन् ।
निजी क्षेत्रलाई भने यसक्रममा सहयोग गर्न विशेष आग्रह गरे । कार्यक्रममा उपस्थित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका राजेशकाजी शाक्य र नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष विष्णु अग्रवाललाई यस्तो आग्रह गरेका हुन् ।
पौडेलले भने, “विशेष परिस्थितिले मध्यावधी निर्वाचन गर्नुपर्ने अवस्था आएको छ । यो परिवेशमा वातावरणलाई अनुकुल बनाउन सहयोगी भूमिका निर्वाह गर्न सबै क्षेत्रका महानुभावलाई आग्रह गर्न चाहन्छु र निजी क्षेत्रलाई यसमा विशेष आग्रह गर्छु ।”
पौडेलले निर्वाचन लोकतन्त्रको प्राण भएको भन्दै लोकतन्त्र पक्षधरले निर्वाचनको विरोध नगर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय