Nepali Unicode | Preeti to Unicode

१३ माघ । नेपाली कम्युनिष्ट आन्दोलनका धरोहर, कर्मठ योद्धा मार्गदर्शक काजी बा खम्बसिंह कुवँरलाई नेकपा अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले अन्तिम श्रद्धाञ्जली दिएका छन ।
कम्युनिष्ट नेता खम्बासिंहलाई २०६८ साल असोज २८ गते चितवनको भरतपुरमा नागरिक अभिनन्दन गरिएको थियो । डा। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६९ साल जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा नेपाल सरकारको विभूषण समितिले खम्बासिंहलाई सुप्रबल जनसेवाश्री विभूषणबाट सम्मानित गरिसकेको छ । यसबाहेक विभिन्न समयमा विभिन्न संघसंस्थाले उहाँको अभिनन्दन र सम्मान गरेका थिए ।
मधुमेह, रक्तचाप, प्रोस्टेट लगायतका स्वास्थ्य समस्या बेहोरिरहेका काजीबाको भरतपुर अस्पतालमा उपचाररत अवस्थामा निधन भएको हो । उनी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का केन्द्रीय सल्लाहकार थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय