Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

१३ माघ। नेपाली खेलाडी प्रेरणा कोइराला केन्यामा सोमबारदेखि सुरु जे फोर आइटिएफ टेनिस सर्किट टु अन्तर्गत गर्ल्स सिंगल्सको दोस्रो चरणमा प्रवेश गरेकी छिन् ।
नैरोबीमा सोमबार भएको पहिलो चरणको खेलमा नेपालकी प्रेरणाले केन्याकी साइनथिया वान्जालालाई ७(५, ७(५ ले पराजित गरिन् ।
प्रतियोगितामा प्रेरणाले १४औं वरियता प्राप्त गरेकी छिन् । प्रेरणाले अब दोस्रो चरणमा ग्रेट ब्रिटेनकी इमोजेन हाडाडसँग खेल्नेछिन् ।
यस्तै नेपालकै अर्की खेलाडी सलोनी तामाङ २०औं वरियतामा छिन् । सलोनी भने पहिलो चरणमै बुल्गेरियाकी भिक्टोरिया भेलेभासँग ६(१, ६(२ ले पराजित भइन् ।
यसअघि जे फोर सर्किट वान अन्तर्गत प्रेरणा सिंगल्सतर्फ दोस्रो चरणमा पुगेकी थिइन् भने गर्ल्स डबल्समा प्रेरणा र सलोनीको जोडी सेमिफाइनलसम्म पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय