Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

१३ माघ। नेपाली खेलाडी प्रेरणा कोइराला केन्यामा सोमबारदेखि सुरु जे फोर आइटिएफ टेनिस सर्किट टु अन्तर्गत गर्ल्स सिंगल्सको दोस्रो चरणमा प्रवेश गरेकी छिन् ।
नैरोबीमा सोमबार भएको पहिलो चरणको खेलमा नेपालकी प्रेरणाले केन्याकी साइनथिया वान्जालालाई ७(५, ७(५ ले पराजित गरिन् ।
प्रतियोगितामा प्रेरणाले १४औं वरियता प्राप्त गरेकी छिन् । प्रेरणाले अब दोस्रो चरणमा ग्रेट ब्रिटेनकी इमोजेन हाडाडसँग खेल्नेछिन् ।
यस्तै नेपालकै अर्की खेलाडी सलोनी तामाङ २०औं वरियतामा छिन् । सलोनी भने पहिलो चरणमै बुल्गेरियाकी भिक्टोरिया भेलेभासँग ६(१, ६(२ ले पराजित भइन् ।
यसअघि जे फोर सर्किट वान अन्तर्गत प्रेरणा सिंगल्सतर्फ दोस्रो चरणमा पुगेकी थिइन् भने गर्ल्स डबल्समा प्रेरणा र सलोनीको जोडी सेमिफाइनलसम्म पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय