
१३ माघ । पूर्वी चितवन रत्ननगरको हरिहर मन्दिर अगाडि मिनिबस र बाईक ठोक्किदा बाईकमा सवार २ जनाको मृत्यु भएको छ । पूर्व तिरबाट आइरहेको बा २ ख ५६७४ नं। को मिनिबस र पश्चिमबाट पूर्वतिर आइरहेको बा ९२ प ५२०४ नं।बाईक एक आपसमा ठोकिदा बाईकमा सवार नाम नखुलेका २ जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालयका प्रमुख रविन कार्कीले जानकारी दिए । बिहान करिब ९ बजे तिर उक्त दुर्घटना भएको थियो । दुर्घटना पश्चात् घाइते भएका २ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा निधन भएको प्रहरीले जनाएको छ ।