
१२ माघ । चितवन केरा उत्पादक संघको छैठौं बार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन यही माघ १७ गते रत्ननगरमा हुने भएको छ । निपनी स्थित होटल स्टार बेन्क्वेटमा हुने अधिवेशनले संघको आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने महासचिव तथा प्रचारप्रसार उपसमितिका संयोजक बेदप्रसाद भट्टराईले जानकारी दिए । साधारण सभा तथा अधिवेशन विहान १० बजे उद्घाटन हुने कार्यक्रम तय भएको छ । अधिबेशनले अध्यक्ष सहित पदाधिकारी तथा सदस्य गरी १२ जना प्रत्यक्ष निर्वाचित गर्ने र दुई जना मनोनित र एक जना निर्वतमान अध्यक्ष गरी १५ सदस्यीय कार्यसमिति तथा तीन सदस्यीय लेखा समिति निर्माण हुने महासचिव भट्टराईले जानकारी दिए । अधिवेशनमा ५०० बढी व्यवसायिक केरा किसानहरुले सहभागिता जनाउने छन । साधारण सभामा बार्षिक प्रतिवेशन,आर्थिक प्रतिवेदन तथा भावि कार्ययोजनामा छलफल गरी पारित गर्ने योजना रहेको अध्यक्ष घननाथ महतोले जानकारी दिए ।