Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

माघ १२। विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
सोमबार भएको खेलमा प्रदेश २ लाई ४ विकेटले हराउँदै पुलिस क्लब सेमिफाइनलमा पुगेको हो । जितसँगै पुलिस समूहको उप–विजेता बनेको छ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा प्रदेश २ ले पुलिसलाई जितका लागि दिएको १७० रनको लक्ष्य पुलिसले ३८ ओभर ६ विकेट गुमाउँदै १७० रन बनायो ।
पुलिसका लागि अनिल शाहले ४७ रनको योगदान गरे । त्यस्तै कुशल भुर्तेलले ४३ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए ।
बलिङतर्फ प्रदेश २ का लागि विवेक यादव र कुमार थापाले समान ३र३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित ४७ ओभरमा ९ विकेट गुमाउँदै १६९ रन बनाएको हो ।
प्रदेश २ का लागि हरिशंकर शाहले अर्धशतकीय पारी खेले । ८४ बल खेलेका उनले ५ चौका र १ छक्काको सहयोगमा ५३ रन बनाएका हुन् । त्यस्तै आदिल अन्सारीले १५ रन बनाउँदा हिमान्सु दत्तले १६ रन बनाए ।
बलिङतर्फ पुलिसका लागि ललित राजवंशीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै सागर ढकालले २ विकेट लिँदा पवन सरार्फले १ विकेट लिए ।
आजको खेलमा जित निकाल्दै पुलिस सेमिफाइनलमा प्रवेश गरेको छ । पुलिस समूहको उप–विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । अब पुलिसले आर्मी र एपीएफबीचको विजेतासँग खेल्नेछ । यता प्रदेश २ भने जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय