Nepali Unicode | Preeti to Unicode
Rt. Hon. Prime Minister Sushila Karki

प्रधानमन्त्री सुशीला कार्कीले विश्वकप टि–२० खेल्न लागेका नेपाली टोलीलाई विजयीका लागि शुभकामना व्यक्त गरेकी छन् ।सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्रीले नेपाली टोलीको विगतको चमत्कार र सफलतासँगै नेपालको संसारभर फैलिएका प्रशंसकको पनि साथ रहेको बताएकी छन् । उनले कप्तान रोहित पौडेलको टोलीले नेपालको बेजोड प्रस्तुति देखाउने विश्वास राखेकी छन् ।

उनले भनेकी छन्, ‘आज मुम्बईको वानखेडे स्टेडियममा हाम्रो राष्ट्रिय धुन गुन्जिनेछ र त्यो विश्वले सुन्नेछ । कप्तान रोहित पौडेलको टोलीले देखाउनेछ–नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति । तेस्रोपटक आईसीसी टी–२० विश्वकप खेलिरहेको नेपालसँग यतिखेर संसारभर फैलिएका प्रशंसकको साथ र विगतमा गरेका चमत्कार–सफलताको आड छ। इंग्ल्यान्डसँगको आजको ऐतिहासिक भेटअघि सिंगो राष्ट्रका तर्फबाट शुभकामना । विजयी भवः । अनि धेरै माया पनि ।’

प्रतिक्रिया

सम्बन्धित खवर