Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

माघ १२ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफले अर्को विभागीय टोली आर्मी क्लबलाई २४१ रनको लक्ष्य दिएको छ ।
र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४९ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै २४० रन बनाएको हो ।
एपीएफका लागि सुमित महर्जनले सर्वाधिक ४६ रन बनाए । त्यस्तै ओपनिङमा आएका सुवास खकुरेलले ३८ रन बनाए । एपीएफका लागि शरद भेषावकर २४, अमर राउटेला, सन्दीप जोरा २८ तथा वसन्त रेग्मीले २० रन बनाए ।
बलिङतर्फ आर्मीका लागि हरि चौहानले सर्वाधिक ५ विकेट लिए । ९ ओभर ४ बल बलिङ गरेका उनले १ मेडन ओभर फालेर ६० रन खर्चे । त्यस्तै शाहव आलम र विक्रम सोवले २र२ विकेट लिँदा आकाश चन्द र सुशन भारीले १र१ विकेट लिए ।
आजको खेलमा जित निकाल्दै दुवै टोली समूह विजेता बन्ने योजनामा छन् । समूह ‘ए’मा रहेका दुवै तीन खेलबाट ६ अंकसहित पहिलो र दोस्रो स्थानमा छन् । दुवै टोली यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय