
माघ १२ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफले अर्को विभागीय टोली आर्मी क्लबलाई २४१ रनको लक्ष्य दिएको छ ।
र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४९ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै २४० रन बनाएको हो ।
एपीएफका लागि सुमित महर्जनले सर्वाधिक ४६ रन बनाए । त्यस्तै ओपनिङमा आएका सुवास खकुरेलले ३८ रन बनाए । एपीएफका लागि शरद भेषावकर २४, अमर राउटेला, सन्दीप जोरा २८ तथा वसन्त रेग्मीले २० रन बनाए ।
बलिङतर्फ आर्मीका लागि हरि चौहानले सर्वाधिक ५ विकेट लिए । ९ ओभर ४ बल बलिङ गरेका उनले १ मेडन ओभर फालेर ६० रन खर्चे । त्यस्तै शाहव आलम र विक्रम सोवले २र२ विकेट लिँदा आकाश चन्द र सुशन भारीले १र१ विकेट लिए ।
आजको खेलमा जित निकाल्दै दुवै टोली समूह विजेता बन्ने योजनामा छन् । समूह ‘ए’मा रहेका दुवै तीन खेलबाट ६ अंकसहित पहिलो र दोस्रो स्थानमा छन् । दुवै टोली यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।