Nepali Unicode | Preeti to Unicode
 BREAKING
जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? | नेपाली कांग्रेसको सभापतिमा गगन थापा | नेतृत्व चयनतर्फ अघि बढ्यो विशेष महाधिवेशन, संस्थापन आफ्नै अडानमा |

काठमाडौँमा जारी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्त्रगत नेपाल समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा स्कटल्यान्डसङ ७३ रनले पराजित भएको छ। सोमबार स्कटल्यान्डले दिएको १४१ रनको लक्ष्य पछाएको नेपालले १३.५ ओभरमा अलआउट हुँदै ६८ रन मात्र बनायो। यो हारसङैँ नेपालको विश्वकप खेल्ने यात्रा समाप्त भएको छ।

नेपालको लागि रोमा थापा १४ रन बनाउँदै नटआउट रहिन्। त्यस्तै, नेपाल कि ओपनर बिन्दु रावल १४ रन बनाएर र अर्की ओपनर सम्झन खड्का ७ रन बनाउँदै आउट भए।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डबाट निर्धारित २० ओभरमा अलआउट हुँदै १४० रन बनाएको थियो। स्कटल्यान्डको लागि प्रियानाज चटर्जीले सर्वाधिक ४५ रन बनाइन्।नेपालको लागि मनीषा उपाध्यायले ४ विकेट लिइन् भनेरुबिन क्षेत्रीले ३ विकेट लिइन्।त्यस्तै, सीता राना मगर, रुबिन क्षेत्री,कविता जोशी र रिया शर्मा ले समान १–१ विकेट लिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय