Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

माघ १२। बलिउड अभिनेता वरुण धवन विवाह बन्धनमा बाँधिएका छन् । वरुणले नताशा दलालसँगको लामो प्रेमसम्बन्धलाई २४ जनवरीमा विवाह बन्धनमा परिणत गरेका हुन् ।
कोरोना महामारीको युगमा विवाह बन्धनमा बाँधिएका उनीहरुले कडा सुरक्षाको साथ विवाह समारोह आयोजना गरेका थिए । समारोहमा सहभागी सबैको कोरोना परिक्षण पछि मात्रै भित्र जाने अनुमति थियो भने फोटो लिक नहोस् भनेर स्टाफहरुको मोबाइलको क्यामरामा स्टिकर टासिएको थियो ।
करण जौहर, मनीष महल्होत्रालगायत केही बलिउडकर्मीहरु र नजिकका पारिवारिक व्यक्तिहरुको उपस्थितीमा मात्रै विवाह समारोह गरिएको थियो । उनीहरुको विवाह समारोह अलिबागको मेन्सन हाउस नामक रेर्सोटमा गरिएको हो ।
भारतीय मिडियाका अनुसार साथीभाई र बलिउड इन्डष्ट्रिका व्यक्तित्वहरुका लागि २ फेबु्रअरीमा मुम्बईमा रिसेप्सन पार्टी राखिने छ ।
वरुण र नताशा बाल्यकालदेखिका साथी थिए । नताशा फेसन डिजाइनर हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय