
माघ १२ । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा इल्चेलाई हराउँदै बार्सिलोना शीर्ष तीनमा पुगेको हो ।
बार्सिलोनाले एल्चेलाई २–० गोल अन्तरले पराजित गर्न सफल भयो । एल्चेको मैदानमा बार्सिलोनालाई जित दिलाउन फ्रेन्क डी योङ र रिकार्ड पुइगले एक–एक गोल गरे ।
खेलको ३९ औं मिनेटमा योङले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । ८९ औं मिनेटमा रिकार्डले गोल गर्दै बार्सिलोनालाई २–० को जित दिलाए ।
जितसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले १९ खेलमा ३७ अंक जोडेको छ ।
एल्चे १७ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।