Nepali Unicode | Preeti to Unicode
 BREAKING
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना | इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण | लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य | साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी | गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नासिर मियाले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा | सरकारी सबै सुविधा त्यागका लागि गृह मन्त्रालयमा पूर्वराष्ट्रपतिको पत्र | माछा मार्न जाँदा गोहीको आक्रमणबाट रत्ननगरका युवकको मृत्यु | नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए | कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना | Custom Ai Growth: An Entire Information |

माघ १२। स्व। देवसुन्दर स्मृति प्रथम राष्ट्रिय भारत्तोलन प्रतियोगिता यही फागुनको अन्तिम सातादेखि राजविराजमा आयोजना हुने भएको छ । भारत्तोलन सङ्घ सप्तरीका अध्यक्ष महेशप्रसाद यादवका अनुसार प्रतियोगितामा सातवटै प्रदेश तथा सेना, सशस्त्र र नेपाल प्रहरीका तीनवटै विभागीय टिमका झण्डै १५० महिला तथा पुरुष खेलाडीको सहभागिता रहने गरी प्रतियोगिता हुने छन् ।
प्रतियोगिता भव्यरूपमा सम्पन्न गर्न प्रचारप्रसार, आर्थिक सङ्कलन, फिल्ड व्यवस्थापन, स्वागतलगायत विभिन्न उपसमितिसमेत गठन गरिएको सङ्घका सचिव गोपाल गुप्ताले जानकारी दिए ।
सप्तरीका पुराना भारत्तोलन खेलाडी एवं रेफ्री राजविराज–९ निवासी स्व देवसुन्दर यादवको स्मृति एवं सम्मानमा नेपाल भारत्तोलन सङ्घ सप्तरीले सो प्रतियोगिताको आयोजना गर्न लागेको हो । सप्तरीका चर्चित भारत्तोलन खेलाडी यादवको २०७६ कात्तिक १४ गते निधन भएको थियो । रासस

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय