
माघ ११। साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले आल्भेसलाई ४–१ ले हराएको हो ।
रियलका लागि करिम बेन्जिमाले दुई गोल गरे । कासमिरो र इडेन हजार्डले एकरएक गोल थपे । आलाभेसका लागि जोसिलोले एक गोल फर्काए ।
जितसँगै रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग दूरी चार अंकमा झारेको छ । एट्लेटिकोले अझै दुई खेल कम खेलेको छ ।
रियल ४० अंकसहित दोस्रो र आल्भेस १८ अंकसहित रेलिगेसन जोनभन्दा एक स्थानमाथि छ